आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋण नतिर्नेहरुलाई राज्यले छोड्दैन : मन्त्री महत

शनिबार, ०५ जेठ २०८१, २० : ०५
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले नछोड्ने बताएका छन् ।  

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । 

मन्त्री महतले ऋण लिएर ऋण नतिर्नेहरुको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरुलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।

मन्त्री महतले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पिर मर्कामा सरकार प्रतिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप