आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदर्शक र निर्माताको वार्ता सकियो, अर्को वार्तामा सेयर विवाद मिलाउने सहमति

शनिबार, ०५ जेठ २०८१, २० : १०
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । फिल्म ‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरलगायत मुद्दाको विषयमा चलचित्र संघ र चलचित्र निर्माता संघले गठन गरेको वार्ता टोलीको वार्ता सकिएको छ ।

टोलीले सेयर बाँडफाँडको विषय फिल्म ‘दिमाग खराब’ले अहिले उठाएपनि यो दुई संस्थाबिचको विषय भएको भन्दै फेरि छलफलबाट टुङ्ग्याउने सहमति भएको चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थाले बताए । भोलि दुई टोलीबिच फेरि वार्ता हुने र यस विषयको निष्कर्ष निस्कने कायस्थाको भनाई छ ।

वार्ताका लागि आज प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर दुई संस्थाले वार्ता समिति समेत गठन गरेको थियो । जसमा निर्माता संघको टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रविन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य छन् ।

त्यस्तै चलचित्र संघको टोलीमा पूर्वअध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य रहेका छन् ।

फिल्म ‘दिमाग खराब’ युनिटले निर्माताले ५० प्रतिशत सेयर पाउनुपर्ने माग राख्दै केही अगाडि फिल्मको प्रदर्शन रोक्ने चेतावनी दिएको थियो । उक्त चेतावनीपछि फिल्म युनिट, निर्माता संघ र चलचित्र संघले छलफलले फिल्मको प्रदर्शन जारी राख्ने र सेयरको विषयमा मंगलबार वार्ताबाट निष्कर्ष निकाल्ने सहमति गरेको थियो । मंगलबारको वार्ताले पनि सेयर बाँडफाँडको विषय निष्कर्षमा पुर्याउन भने सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप