आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : न्यायाधीशको सिफारिसदेखि मंसिर ७ को रिहर्सलसम्म

शनिबार, ०५ जेठ २०८१, २० : ५५
शनिबार, ०५ जेठ २०८१

आज २०८० मंसिर ५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

समाजवादी मोर्चाको औचित्यमाथि प्रश्नैप्रश्न

असोज २९ गते सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय सभा सम्पन्न गरेको समाजवादी मोर्चाको त्यस यता गतिविधि शून्य देखिन्छ । कात्तिक १७ गते कर्णाली प्रदेशमा गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम(पश्चिम)लगायतका जिल्लामा ठुलो जनधनको क्षति भयो । तर भूकम्पपीडितहरूको उद्धार, राहत वितरण तथा पुनर्निर्माणमा मोर्चाको तर्फबाट कुनै भूमिका देखिएन ।

इजाजत बिनाका माइक्रो, टेम्पो र ट्याक्सीको बिगबिगी

२०७४ चैतपछि २० वर्ष पूरा भएका ट्याक्सीहरुको हकमा नयाँ ट्याक्सी ल्याएको भए पनि सन् २००० र २००१ मोडलका अधिकांश ग्यास टेम्पो तथा निलो माइक्रो स्क्रयाप गरिएका छैनन् । ती सवारीसाधनको नवीकरण नभएको, रुट परमिट नभएका कारण तेस्रो पक्ष बीमा पनि भएको छैन । नवीकरण नै नभएका सवारीसाधन सडकमा गुडाउन प्रतिबन्ध नै हुनुपर्ने हो । अझ यात्रुवाहक सार्वजनिक सवारीसाधनहरू बीमा तथा नवीकरणबिना सडकमा गुड्न नमिल्ने भए पनि अधिकार प्रत्यायोजन भएको ट्राफिक प्रहरीले आँखा चिम्लिँदा यस्ता सवारीसाधन अझै सडकमा गुडिरहेका छन् ।

विद्यालय शिक्षा विधेयक

असोज २५ गते बसेको प्रतिनिधिसभा बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

अर्थतन्त्र सुधार

आफ्नो लय छाडेर मन्दीतर्फ लम्किरहेको नेपालको अर्थतन्त्र सुधार गर्न सरकारले शृङ्खलाबद्ध छलफल अघि बढाएको छ । सरकार गठन भएको लामो समयपछि अर्थतन्त्रमा देखिएका व्यापक समस्या सुधारमा उच्चस्तरीय पहल सुरु भएको हो । तर, बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको उच्चस्तरीय बैठकले मात्रै अर्थतन्त्रका समस्या समाधान हुँदैन ।

समाजवादी मोर्चाको औचित्यमाथि प्रश्नैप्रश्न

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

दुर्गा प्रसाईंलाई बल्खु

मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

कोप–२८ सम्मेलन

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) का लागि नेपालले आफ्नो एजेन्डा तयार गरेको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्ने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली मंसिर १३ मा त्यसतर्फ जाँदै छ ।

न्यायाधीश नियुक्ति

न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो । 

शान्ति प्रक्रियाका १७ वर्ष

१७ वर्षअघि आजकै दिन नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति प्रक्रियाको मेरुदण्ड भनेकै द्वन्द्वकालीन घटनाको सत्य निरुपण नै हो, त्यसपछि दण्ड–सजायका कुरा आउँछन् । 

बीबीसीको १००  प्रभावशाली महिला

बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप