आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युद्धविरामको चर्चाबिच गाजामा हालसम्म १३ हजारको मृत्यु, मारिनेमा ५५ सयभन्दा बढी बालबालिका

शनिबार, ०५ जेठ २०८१, २१ : २०
शनिबार, ०५ जेठ २०८१

गाजा । इजरायल र हमास बीचको सम्झौताको बारेमा छलफल तीव्र छ तर यस बिचमा गाजामा जारी लडाई सुस्त भएको छैन। इजरायली सेनाले अब दक्षिणी गाजामा हमासविरुद्धको आफ्नो अभियानलाई तीव्र पार्ने योजना बनाएको जनाएको छ। 

इजरायलले यसअघि सर्वसाधारणलाई उत्तरी क्षेत्र छोडेर दक्षिणतर्फ जान आग्रह गरेको थियो । गाजामा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । 

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आफ्नो अभियान सुरु गरेदेखि अहिलेसम्म १३ हजार ३०० जनाको ज्यान गएको जनाएको छ । मृत्यु हुनेमा ५५०० भन्दा बढी बालबालिका छन् । विश्व स्वास्थ्य सङ्गठनले यी तथ्याङ्कहरूलाई विश्वसनीय मानेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार भनेका छन्, 'सामान्य मानिसको मृत्युको तथ्यांक स्तब्ध छ र यो अवस्थालाई स्वीकार गर्न सकिँदैन।'

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो । इजरायलले हमास लडाकुहरूले बन्धक बनाएका मध्ये ४० जना बालबालिका रहेको बताएको छ । बेलायत, अमेरिका र ईयूले हमासलाई ‘आतंकवादी संगठन’ घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप