आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक आज, यस्तो छ छलफलको एजेन्डा

आइतबार, ०६ जेठ २०८१, ०७ : ३३
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ । 

‘आजको केन्द्रीय कमिटी बैठकमा छलफलको एक मात्र एजेन्डा छ । बैठकले झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको विस्तृत सेड्युल तय गर्छ’, एमाले उपमहासचिव विष्णु रिमालले भने ।  

एमालेको पछिल्लो पटक कात्तिक २२ गते बसेको सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म हुने नेताहरूले बताएका छन् ।

मङ्सिर १४ बाट सुरु हुने अभियानले जनतासँग प्रत्यक्ष रूपमा हातेमालो गरेर अगाडि बढ्न थप सहजता प्रदान गर्ने एमालेले जनाएको छ । अभियानले मध्यपहाडी लोकमार्ग क्षेत्रका जनता र एमालेबिचको सम्बन्ध थप मजबुत र सुमधुर बनाउने उद्देश्य राखेको नेताहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप