आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

आइतबार, ०६ जेठ २०८१, ०९ : २५
आइतबार, ०६ जेठ २०८१

रियो दी जनेरियो । विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो ।

खेलमा निकोलास ओटामेन्डीले ६३ औँ मिनेटमा एक मात्र गोल निर्णायक बन्यो । विश्वकप छनोटमा घरेलु मैदानमा ब्राजिल पराजित भएको यो पहिलो पटक हो । यसअघिका ६४ खेलमा ब्राजिल ५१ खेलमा विजयी र १३ खेलमा बराबरीमा रोकिएको थियो ।

यसअघि माकाराना रंगशालामा समर्थक र प्रहरीबिच झडप भएपछि खेल ३० मिनेट ढिला सुरु भएको थियो । पराजयसँगै ब्राजिल ६ खेलपछि अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ । ६ खेलबाट टोलीको मात्र ७ अङ्क रहेको छ । अर्जेन्टिना भने समान खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ ।

अन्य खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोलले हरायो भने इक्वेडरले पनि चिलीलाई समान गोल अन्तरले पराजित गर्‍यो । उरुग्वेले बोलिभियालाई ३–० ले हराउँदा पेरु र भेनेजुएलाले १–१ गोलको बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप