आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानवअधिकारकर्मी मोहम्मद रमजान सम्मानित

आइतबार, ०६ जेठ २०८१, ११ : ११
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । मानवअधिकारकर्मी प्रोफेसर मोहम्मद रमजान अलि मिया सम्मानित भएका छन् ।  अमेरिकी संस्था ग्लोबल पिस चेनले उनलाई शान्ति दूतको उपाधि प्रदान गरेको हो । 

ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले  मियालाई सामाजिक कार्य गर्दै शान्ति कायम राख्न र समाजमा गरेको कार्यको मूल्यांकन गर्दै शान्ति दूतको उपाधि प्रदान गरको हो । उनी नेपाली कामदारहरुको बैदेशिक रोजगारको प्रमुख गन्तब्यहरुमध्ये पर्ने कतारलाई कर्मथलो बनाउँदै कार्यरत रहेका छन् ।  

लेखक तथा अरबी साहित्यकारको समेत परिचय बनाएका प्रोफेसर मियाले कतारमा नेपाली समुदायमा हार्दिकता, मेलमिलाप जस्ता उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै शान्ति दूतको उपाधि प्रदान गरिएको संस्थाले जनाएको छ ।  

करिब डेढ दशकदेखि  कतारमा रहेर मानव अधिकारको क्षेत्रमा काम गरेका मियाले  ‘मैले देखेको कतार’ पुस्तक प्रकाशनसहित कतारी श्रम कानूनको नेपाली भाषामा अनुवाद, कतारको राष्ट्रिय मानव अधिकार समितिमा कानूनी परामर्शदाताका रुपमा काम गरेका छन् । राष्ट्रिय मानव अधिकार समिति कतारमा आवद्ध मियाले कतारमा विभिन्न समस्यामा परेका  नेपाली कामदारको पक्षमा नीति निर्माणमा सहजता र पैरवीको काम गरिरहेका छन् । अरबी, नेपाली, उर्दू र हिन्दी भाषामा पाँच दर्जन पुस्तक प्रकाशित गरेका मियामा अरबी नेपाली, अंग्रेजी र हिन्दी उर्दु भाषाको विज्ञता रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप