आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

शुक्रबार, ११ जेठ २०८१, १३ : ५५
शुक्रबार, ११ जेठ २०८१

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।  रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृतावस्थामा फेला परेकी छिन् ।  
    
यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।      प्युठानको प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल पनि सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्  । 
    
यता ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की सोही महानगरपालिका-२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप