आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतले क्यानडेलीहरुलाई फेरि दिन थाल्यो भिसा

शुक्रबार, ११ जेठ २०८१, १५ : १०
शुक्रबार, ११ जेठ २०८१

नयाँ दिल्ली । भारतले क्यानडेली नागरिकका लागि बन्द गरेको भिसा सेवा सुचारु गरेको छ । 

सेप्टेम्बरमा क्यानडेली प्रधानमन्त्री जष्टिन टु«ुडोले जुन १८ मा खलिस्तानी पृथकतावादी हरदीप सिंघ निज्जरको हत्या मामिलामा भारत सरकारको भूमिका रहेको आरोप लगाएपछि क्यानडा र भारतबिचको सम्बन्ध निकै चिसिएको थियो । 

तनाव बढ्दै गर्दा कूटनीतिक सम्बन्ध समेत चौपट भएको थियो भने भारतले क्यानडेली नागरिकका लागि भिसा दिनै बन्द गरेको थियो । तर अब भने क्यानडेलीहरुलाई ई–भिसा दिन थालिएको छ ।

सन् २०२० मा भारतले निज्जरलाई आतंकवादी घोषित गरेको थियो । उनको हत्यामा आफ्नो हात रहेको टु«डोको आरोपलाई भारत सरकारले वाहियात र कपोकल्पित बतायो । सेप्टेम्बरमा ट्रुडोको आरोपलगत्तै भारतले क्यानडेलीहरुलाई भिसा जारी नै ठप्प  पारेको थियो । गएको महिना भारतले क्यानडामा केही भिसा सेवा सुचारु गर्‍यो । 

भारतको यस कदमले दुई देशबिचको सम्बन्धमा केही सुधार आउने आशा पलाएको छ । तर दुवै पक्ष सामान्य स्तरमा नफर्केकोले यसलाई ब्रेक थ्रु चाँहि मान्न नहुने दुवै देशका अधिकारी र विज्ञहरुले बताइरहेका छन् । निज्जर हत्या मामिलापछि क्यानडाले ओट्टावामा रहेको भारतीय गुप्तचर अधिकारीलाई देश निकाला गरेको थियो ।

सोको प्रतिकारमा भारतले पनि क्यानडेलीहरूलाई दिँदै आएको १३ प्रकारका भिसा जारी बन्द गरेर भारतमा क्यानडाको कूटनीतिक उपस्थितिलाई खुम्च्याएको थियो । भारतले अक्टोबर २५ देखि चार श्रेणीमा भिसा जारी सुचारु गरेको थियो । तर यसलाई दुई देशबिच चिसिएको सम्बन्ध पग्लिन थालेको संकेतका रुपमा हेर्न नहुने भारतको विदेश मन्त्रालयका एक अधिकारीले भनेका छन् । भारतको पञ्जाबपछि सबैभन्दा धेरै शिखहरु क्यानडामा बस्छन् । अहिलेसम्म क्यानडाका लागि भारत विदेशी विद्यार्थीको सबैभन्दा ठूलो स्रोत हो । त्यहाँका कूल मध्ये ४० प्रतिशत विद्यार्थी भारतीय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप