चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला
शुक्रबार, ११ जेठ २०८१, १५ : २७
काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र प्याक गरेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितले रातोपाटीलाई बताए ।
राजमार्ग नजिकै पुलमुनी शव फेला परेपछि घटनास्थलमा प्रहरी पुगेको छ । शवको सनाखत गर्न बाँकी रहेको डिएसपी पण्डितले जानकारी दिए । घटनाबारे चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।