आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईंको कार्यक्रमलाई राजावादी संगठनको साथ

शुक्रबार, ११ जेठ २०८१, १५ : ५०
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा हुने भनिएको आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ । 

वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । 

अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौँ, चितवन, बुटवल, पोखरा, हेटौंडा लगायत देशभरका विभिन्न सहरहरूमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप