आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लखनउ जायन्ट्स छाडेर कोलकाता नाइट राइडर्स पुगे गम्भीर

शुक्रबार, ११ जेठ २०८१, १५ : ५३
शुक्रबार, ११ जेठ २०८१

एजेन्सी । कोलकाता । आईपीएल २०२४ अघि पूर्वभारतीय क्रिकेटर गौतम गम्भीरले लखनउ सुपर जायन्ट्सको मेन्टर पदबाट राजीनामा दिएका छन् । योसँगै उनी कोलकाता नाइट राइडर्स टोलीको मेन्टर बनेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा कोलकाताको जर्सी लगाएर यसबारे जानकारी दिँदै लेखेका छन्, ‘म फर्किएको छु, मेरो नम्बर २३ हो ।’ कोलकाता नाइट राइडर्सले पनि यसको पुष्टि गरेको छ ।

यसअघि लखनउबाट राजीनामा दिँदै उनले लेखेका थिए, ‘म लखनउ सुपर जायन्ट्ससँग आफ्नो शानदार यात्रा अन्त्य भएको घोषणा गर्दछु । म हरेक खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफलाई धन्यवाद भन्न चाहन्छु जसले यो यात्रालाई सम्झनलायक बनाए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप