आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फरक यौनिक पहिचान बोकेका महिलाले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने

मङ्गलबार, ११ वैशाख २०८१, १७ : १६
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । फरक यौनिक पहिचान बोकेको महिला खेलाडीले अब महिलाको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ नियमले फरक यौनिक पहिचान बोकेका महिलालाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट रोक लगाएको हो । 

आईसीसीको नयाँ नियमअनुसार, पुरुष किशोरावस्थाबाट गुज्रिएको कुनै खेलाडीले भविष्यमा जस्तोसुकै शल्यक्रिया वा उपचार गरे पनि त्यस्तो खेलाडी महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि योग्य हुनेछैन ।

आईसीसीको यो नियमको प्रत्यक्ष प्रभाव क्यानडाकी ड्यानियला म्याकगाहीलाई परेको छ । गत सेप्टेम्बरमा उनी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने विश्वकै पहिलो फरक यौनिक पहिचान बोकेकी महिला खेलाडी बनेकी थिइन् । 

आईसीसीको पछिल्लो नियमपछि अब उनले महिलाको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाउने छैनन् । उनले देशका लागि ६ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता र टी—२० विश्वकपको छनोट प्रतियोगिता पनि खेलेकी थिइन् । उनले ब्राजिलविरुद्धको खेलमा ४५ बलमा ४८ रन बनाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप