आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेट : गण्डकीको टोली घोषणा

मङ्गलबार, ११ वैशाख २०८१, १८ : ४४
मङ्गलबार, ११ वैशाख २०८१

पोखरा । पोखरामा बिहीबारदेखि हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट खेल्न गण्डकीको टिम घोषणा भएको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । 

टोलीमा रोबिन तिमल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समिर कडेल (विकेटकिपर), करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षेत्री खत्री, अमृत गुरुङ, दिनेश बुढा मगर, कमल परियार, सुदिप अर्याल र चन्द्रकान्त पौडेल समेटिएका छन् । 

मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिता ७ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुनेछ । गण्डकी समूह बीमा परेको छ । बी समूहमा एपिएफ र लुम्बिनी पनि छन् । यस्तै, समूह ए मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रेड छन् । 

समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेस प्रदेश तथा समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ब्लु छन् । हरेक समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछ । १२ टिम सहभागी प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप