आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी प्यालेसबाट प्रसाईंका समर्थकलाई लखट्नेहरुबारे प्रहरीले थाल्यो अनुसन्धान

मङ्गलबार, ११ वैशाख २०८१, २१ : ०४
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा आएका महिलाहरुलाई लखेट्नेहरुबारे प्रहरीले अनुसन्धान थालेको छ । 

मंगलबार मध्यराति पाँच–सात जनाको समूहमा रहेको युवाहरुले जडीबुटीस्थित इन्द्रसान पार्टी प्यालेसमा आराम गरिरहेका महिलाहरुलाई अमानवीय तवरले लखेटेको भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल भएको थियो ।   

आँखा अस्पताल नजिकै रहेको सो पार्टी प्यालेस भक्तपुरमा पर्ने हुनाले जिल्ला प्रहरी परिसर भक्तपुरले त्यसबारे अनुसन्धान सुरु गरेको छ । घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । प्रहरीले घटनास्थलमा पीडितहरुले खिचेको भिडियो फुटेज विश्लेषण गरिरहेको छ । डीएसपी पाठक भन्छन्,‘घटनामा संलग्नहरुको पहिचान गर्ने प्रयास गरिरहेका छौँ ।’

युवाहरुले ३४–३५ जना महिलाहरुलाई कपडा समेत लगाउन नदिएर अमानवीय तवरले सो पार्टी प्यालेसबाट बाहिर पठाएको भिडियो सामाजिक संजालमा फैलिएको छ । जडीबुटीबाट युवाहरुले हटाएपछि उनीहरुलाई प्रसाईं समर्थकहरुले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सो घटनाको नेतृत्व खोटाङ घर भएका विनोद राई र कौशलटार बस्ने चिनियाँ राईले गरेका थिए । विनोद राई दरबारमार्गमा प्रसाईंलाई कालोमोसो दल्नेमध्येका युवक भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप