आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उर्लाबारीमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बुधबार, १२ वैशाख २०८१, ०९ : ३९
बुधबार, १२ वैशाख २०८१

विराटनगर  । मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएसँगै उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको सख्या ३ पुगेको हो ।   

मोरङ प्रहरीका अनुसार बिहीबार बिहान ६ः३० बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको हो । उपचारकै क्रममा यसअघि तपन पण्डितको मृत्यु भइसकेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
हाल सो अस्पतालमा २२  जना घाइतेहरू उपचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसीयू कक्षमा ६ जना उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप