आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनाका प्रशिक्षक भन्छन्, ‘राजीनामा दिने सोचिरहेको छु’

बुधबार, १२ वैशाख २०८१, ०९ : ४२
बुधबार, १२ वैशाख २०८१

रियो दि जेनेरियो । अर्जेन्टिनालाई विश्वकप दिलाउने म्यानेजर लियोनेल स्कालोनीले राजीनामा दिने सोच बनाएको बताएका छन् । पाँच वर्ष टोलीको नेतृत्व सम्हालेका स्कालोनीले मंगलबार रियो दि जेनेरियोमा विश्वकप छनोट खेलमा ब्राजिलविरुद्ध १–० जीत हासिल गरेपछि अप्रत्याशित रूपमा यसको घोषणा गरेका हुन् ।

टोलीलाई सन् २०२१ को कोपा अमेरिकाको उपाधि पनि दिलाएका ४५ वर्षीय स्कालोनीले गत वर्ष कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । ‘अर्जेन्टिनालाई आवश्यक सबै ऊर्जा भएको र स्वस्थ प्रशिक्षक चाहिएको छ,’ उनले भने, ‘अब मैले सोच्ने बेला आएको छ, यो समयमा धेरै कुरा सोच्नुछ । खेलाडीहरूले आफ्नो स्तर माथि उचालेका छन् र हरेक पटक जीत हासिल गर्न निकै जटिल छ । त्यही भएर मलाई सोच्न केही समय चाहिएको छ । म एफएका अध्यक्ष र खेलाडीहरूसँग पछि कुरा गर्नेछु ।’

स्कालोनी जर्ज सामपोओलीको स्थानमा सन् २०१८ को अगस्तमा अर्जेन्टिनाको म्यानेजरमा नियुक्त भएका थिए । त्यसअघि उनले अर्जेन्टिनाको अन्डर–२० टोलीको नेतृत्व गरेका थिए । 

उनले सन् २०२१ मा टोलीलाई दिलाएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले २८ वर्षमा जितेको पहिलो मुख्य उपाधि थियो । त्यसपछि युरोपियन च्याम्पियन इटालीविरुद्ध जित हासिल गर्दै फाइनालिस्मा दिलाएका थिए । कतारको विश्वकपको उपाधि सन् १९८६ पछि अर्जेन्टिनाले जितेको तेस्रो मुख्य उपाधि थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप