आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोमान्टिक पार्टनरलाई भन्दा साथीलाई बढी महत्त्व दिन्छन् युवतीहरू

शनिबार, १२ जेठ २०८१, ०९ : ४९
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । धेरैजसो युवतीहरूले डेटिङमा जानुलाई भन्दा धेरै महत्त्व आफ्नो साथीसँग समय बिताउनलाई दिने गरेका छन् । कनेक्टेड वुमन नाम गरेको एउटा संस्थाले गरेको अनुसन्धानले यस्तो देखाएको हो । अनुसन्धानका अनुसार १८ वर्षभन्दा बढी उमेरका युवतीहरुले पुरुष साथीसँगको सम्बन्धलाई पनि रोमान्टिक रिलेशनशिपकै जसरी लिन्छन् । साथीको नाता उनीहरूका लागि बढी नै अहम हुन्छ ।

क्यालिफोनिर्या विश्वविद्यालयले गरेको एउटा अध्ययनअनुसार १० देखि २४ वर्षका केटाकेटीहरुमध्ये आधाले फिल्म वा टिभीमा देखाइने जस्तो आदर्श सम्बन्धबारे सोच्छन् । यो त्यस्तो अचम्मित पार्ने कुरा नभएको कनेक्टेड वुमनकी रेजिडेन्ट साइकोलोजिष्ट जैकुई मैनिङ बताउँछिन् । ‘हामी मान्छे पनि आदिम पशु नै हो । हामीलाई आफ्नो जिन्दगीमा यस्ता मान्छेको आवश्यकता पर्छ जसले यस्तो खालको सम्बन्धलाई बलियो बनाउन ताकि उमेर बित्दै गर्दा पार्टनरसँगको सम्बन्ध थप बलियो बनोस्,’ उनी भन्छिन् । 

साथीसँग भावनात्मक सम्बन्ध छ भने बन्न सक्छन् रोमान्टिक पार्टनर 

अहिले परम्परागत परिवारको ढाँचा फेरिँदै गएको छ । यस्तोमा साथी र मित्रता हरेकको लागि अहम् बन्दै गइरहेको छ । साथीसँग भावनात्मक सम्बन्ध पनि छ र पारिवारिक र सामाजिक मूल्य छ भने एउटा मिल्ने साथी रोमान्टिक पार्टनर पनि बन्न सक्ने मैनिङ बताउँछिन् । आजभोलि कयौँ महिला यस्ता पनि छन् जो सिधै रोमान्टिक पार्टनर बनाउन चाहँदैनन्, न त उनीहरुमाथि निर्भर नै रहन चाहन्छन् । यस्तोमा मित्र बनेपछि त्यो व्यक्ति परिवारको सदस्य जस्तै रहने अनि सम्बन्ध पनि सहज र बलियो हुने उनको भनाइ छ । 

साथीलाई रोमान्टिक पार्टनर बनाउँदा ध्यान दिनु पर्ने कुराहरू 

गरेको वाचा पूरा गर्ने कोसिस गर्छ कि गर्दैन ?

आफ्नो गल्ती मान्ने अनि त्यही गल्ती बारम्बार नदोहोर्‍याउने बानी छ कि छैन ?

भरोसा गर्न लायक छ ? तपाईंलाई पर्याप्त समय दिन्छ कि दिँदैन ?

तपाईंको भावनालाई सम्मान गर्ने अनि तपाईंलाई बेवास्ता नगर्ने खालको छ कि छैन ?

तपाईंको निजी मामिलामा दक्खल पो दिन्छ कि ? 

दुई तरिकाले हुन्छ सम्बन्धको शुरुआत 

मनोवैज्ञानिकहरूका अनुसार सम्बन्धको सुरुआत कस्तो हुन्छ अनि यसलाई कस्तो बनाइराख्ने भन्ने कुरालाई प्रभावित गर्ने २ चिज हुन्छन् । पहिलो एकअर्काका लागि सम्बन्ध कतिको अनुकूल छ ? यसको शुरुआती सङ्केत अनि पहिलो देखभेटमा एक अर्कालाई पर्ने असरलाई हामीले कत्तिको महत्त्व दिन्छौँ ? भन्नेमा भर पर्छ । दोस्रो भने सम्बन्धमा आउने समस्याहरूलाई दुई जना भएर कसरी सुल्झाउँछन् भन्नेमा भर पर्छ । 

दुई तिहाइ प्रेमिल सम्बन्धको सुरुआत मित्रता 

एक अध्ययनका अनुसार दुई तिहाइ प्रेमिल सम्बन्धको सुरुआत मित्रताबाटै हुन्छ । यस्तो सम्बन्ध लामो समयसम्म टिक्छ । क्यानडामा भिक्टोरिया विश्वविद्यालयमा मनोविज्ञानका सहायक प्राध्यापक र यस अध्ययनका लेखक डेनु स्टिन्सनका अनुसार साथीबाट प्रेमी बन्ने यात्राको विज्ञानलाई निकै हदसम्म बेवास्ता गर्ने गरिएको छ । यसबारे डेनुले २० वर्षसम्म अध्ययन गरेका थिए । उनले हरेकलाई प्रेमिल सम्बन्धमा पर्नु अघि पार्टनरसँग तपाईँले मित्रता गर्नु भएको थियो भनेर सोधेका थिए । सन् २०२१ मा सोसल साइकोलोजिक एन्ड पर्सनालिटी साइन्सस जर्नलमा छापिएको यस अध्ययनमा सम्बन्धको सुरुआतबारे ४ अलग अलग अध्ययनलाई पनि समावेश गरिएको थियो । 

युवतीका लागि मित्रता किन महत्त्वपूर्ण हुन्छ ?

साथीसँगको सम्बन्धको महत्त्व महिला र पुरुषमा दुबैमा फरक हुन्छ । हरेक महिलाले साथीमा इमानदारिता खोज्छन् । आफूलाई बुझोस् भन्ने सोच्छन् । महिला भनेर नहेप्ने अनि निचा नदेखाउने व्यक्ति खोज्छिन् । आफ्ना हरेक कुरा सुन्ने अनि हरेक कुरा शेयर गर्ने व्यक्तिलाई साथीको रूपमा हेर्छन् । तर पुरुष साथीको मामिलामा महिलाहरूले उसको अन्य व्यक्तिसँगको सम्बन्ध कस्तो छ ? उसले आफूले गरेको वाचा पूरा गर्छ कि गर्दैन ? भन्ने कुरालाई विचार गर्नु पर्ने रिलेशनशिप कोच शिवानी मिश्री साधो बताउँछिन् ।

 हरेक व्यक्तिमा केही न केही कमजोरी भएपनि तपाईंको साथी वा पार्टनरले आफ्नो गल्ती स्वीकार गर्छ कि गर्दैन भन्ने कुरालाई हेर्नु पर्ने साधो बताउँछिन् । कुनै पनि सम्बन्धमा भावनात्मक सपोर्ट र भरोसा नभए त्यस्ता खालको सम्बन्ध निर्वाह गर्न गाह्रो हुन्छ ।

 पुरुष साथीले आफ्नो गल्ती नमान्ने र  भावनाहरुलाई बेवास्ता गर्ने गरिरहेको छ भने उमाथि भरोसा गर्न नसकिने उनको धारणा छ । उनका अनुसार कुनै पनि सम्बन्धमा भावनात्मक सपोर्ट र भरोसा नभए त्यस्ता खालको सम्बन्ध निर्वाह गर्न गाह्रो हुन्छ । जुनसुकै सम्बन्धका लागि पनि सबैभन्दा पहिला चाहिने चिज भनेको समय हो । त्यसैले कसैमाथि पनि आँखा चिम्लेर विश्वास गर्नु हुन्न । उनी भन्छिन्- उनीहरुको व्यवहार र नियत नियाल्नुहोस् । व्यक्तिको नियत बुझ्न उसको व्यवहारलाई गहिरिएर बुझ्न जरुरी छ । 

केटा र केटी साथी मात्रै हुँदै सक्दैनन्

तपाईँले फिल्ममा केटा र केटी साथी मात्रै हुन सक्दैनन् भनेर त बारम्बार सुन्नु भएकै होला । उनीहरूको सम्बन्ध रोमान्टिक जरुर हुन्छ । यही वर्ष अगस्टमा जर्नल अफ सोसल एन्ड पर्सनल रिलेशनशीप्समा एउटा अध्ययनको प्रतिवेदन छापिएको थियो । यो प्रतिवेदनले पनि यो कुरालाई सही ठहर्‍याएको छ । अध्ययनका अनुसार केटा र केटी साथी मात्रै हुनै सक्दैनन् । केटाहरूलाई केटीसँग साथी मात्रै भएर रहन निकै गाह्रो हुन्छ । केटाहरू केटी साथीसँग रोमान्सको अवसर खोजिरहन्छन् । तर केटीहरुले भने प्रायजसो पुरुष साथीसँग रोमान्सबारे धेरै नसोच्ने सो अध्ययनले देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप