कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयले सम्मान गर्दै
शनिबार, १२ जेठ २०८१, १० : ५९
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गर्ने भएको छ । यही मंसिर ९ गते (नोबेम्बर २५) आफ्नो १०३ औं स्थापना दिवसमा विश्वविद्यालयले कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गर्न लागेको हो ।
लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लेखकले लखनउ विश्वविद्यालयमा बिए, एमए र एलएलबी (कानुन) को अध्ययन गरेका थिए ।
लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक छन् । पूर्व भौतिकमन्त्री समेत रहेका लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।