ओखलढुंगाका अग्निपीडितलाई खतिवडाले गरे सहयोग
शनिबार, १२ जेठ २०८१, ११ : ०८
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले ओखलढुंगाका अग्निपीडितलाई सहयोग गरेका छन् ।
सभापति खतिवडाले ओखलढुंगा मोलुङ– २ रामपुर अग्नि पीडितहरु निमबहादुर शार्की र राम बहादुर शार्कीलाई घरमै भेट्न गएर प्रतिव्यक्ति १० हजार सहयोग गरेका हुन् ।
विद्युत सर्ट भएर केही दिन पहिला रामपुरमा आगलागी भएको थियो । गाउँपालिका र रेडक्रसले केही मात्रमा सहयोग गरेको भन्दै सहयोगी संस्थालाई सहयोग गर्न खतिवडाले अनुरोध गरे ।