आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मल्लको ‘न्याय–अन्याय : कानुन, भूराजनीति र कूटनीति’ सार्वजनिक

शनिबार, १२ जेठ २०८१, ११ : २०
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । प्राडा कटक मल्लको ‘न्याय–अन्याय : कानुन, भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले उक्त पुस्तक विमोचन गरेका हुन् । सो किताबमा कानुन, राजनीति, मानव अधिकार, न्यायपालिका, भू–राजनीतिक कूटनीति, पर्यावरण जस्ता विषय समेटिएको छ । 

सो कार्यक्रममा पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै पूर्वन्यायाधीश प्रकाश वस्तीले हालसम्म प्रकाशित कानुनका पुस्तकमा कटक मल्लको नाम निकै अगाडि रहेको बताए । कानुनका किताबको इतिहासमा १८७९ चैतमा उजिरसिंह थापाले पाल्पाबाट निकालेको हस्तलिखत पुस्तक सबैभन्दा पहिले लेखिएको बताउँदै करिब २०१ वर्षदेखिको वर्णनात्मक सूचीमा मल्लको अगाडि रहेको बताए । त्यसमा मुलुकी, अदालती र जङ्गी सेवामा प्रवेश गर्नेहरूको आचार संहिताबारे उल्लेख रहेको बताए । 

कार्यक्रममा पूर्वन्यायाधीश डा. प्रभा बस्नेतले न्यायिक विषयवस्तुलाई टिपेर समालोचनात्मक ढङ्गले आफ्ना विचारहरू प्रस्तुत गरेको बताइन् । यो कृतिमा आफूले पढेका पुराना लेखक साहित्यकारहरूका प्रसङ्ग ठाउँ ठाउँमा प्रयोग गरिएकाले पहिलेको अध्ययनहरुलाई ताजा बनाएको बताइन् ।  
अर्का समीक्षक डा. चन्द्रदेव भट्टले उक्त पुस्तक कानुन, समाज, लोकतन्त्रका लागि उपयोगी भएको बताए । साथै यसमा भू–राजनीतिक अवस्था बारेको दार्शनिक दस्ताबेज भएको उनले बताए । 

स्विडेनको स्टकहोम, कालल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनरत मल्लको यस अघि ‘मानव अधिकार’ पुस्तक प्रकाशित भइसकेको छ ।  ‘न्याय–अन्याय कानुन ः भू–राजनीति र कूटनीति’ किताब इन्डिगो इन्कले प्रकाशित गरेको हो । यसमा ३९८ पृष्ठको पुस्तकको मूल्य ९९९ रुपैयाँ रहेको छ ।

पूर्व न्यायाधीश
राजेन्द्र शलभ, कविरलेखक
प्रा. आनन्द आदित्य, राजनीतिशास्त्री
डा. चन्द्रदेव भट्ट, विश्लेषक
मुना श्रेष्ठ, अधिवक्ता
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप