आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘डंकी’मा ४ लुक्समा देखिँदै शाहरुख

शनिबार, १२ जेठ २०८१, ११ : ५२
शनिबार, १२ जेठ २०८१

मुम्बई । अभिनेता शाहरुख खान पछिल्लो समय फिल्म ‘डंकी’को कारण चर्चामा छन् । फिल्ममा शाहरुखको अलावा तापसी पन्नु, विक्की कौसल, बोमन ईरानी, विक्रम कोचर र धमेन्द्रको समेत अभिनय छ ।

फिल्ममा अभिनेता अजयकुमार पनि मुख्य भूमिकामा छन् । अजय कुमारले फिल्ममा शाहरुखले ४ अलग अगल लुक्समा काम गरेको खुलासा गरेका छन् ।

‘शाहरुखले फिल्मलाई महत्वका साथ लिएका छन् । एक दृश्यका लागि ६ घण्टासम्म काम गरेका छन्’, अजय कुमारले भने ‘शाहरुखको फिल्ममा ४ अलग अलग लुक्स छ ।’

केही अगाडि दीपावलीको अवसरमा ‘डंकी’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको थियो । एक पोस्टरमा शाहरुख स्कुटरमा चढेको देखिएका थिए । अर्कोमा उनको पछाडि तापसी पन्नु र विक्रम कोचर सरदारको भूमिकामा प्रस्तुत भएका छन् । 

फिल्मको कथा विदेशबाट आफ्नो घर र देश फर्कन चाहनेहरूबाट प्रेरित छ । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । यसै फिल्म मार्फत राजकुमार हिरानी र शाहरुख खान पहिलो पटकसँगै काम गर्दैछन् । हिरानीलाई सञ्जु, पीके, ३ इडियट्स र मुन्ना भाइ सिरिज जस्ता ब्लकबस्टर फिल्मका लागि चिनिन्छ । ‘डंकी’ आगामी क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप