आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्को निर्णय

सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

शनिबार, १२ जेठ २०८१, १६ : ५७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।  

नागरिकताको विवाद देखिएपछि उनले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए । 

सोही मितिदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप