आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता आमनेसामने, तस्बिरहरू

शनिबार, १२ जेठ २०८१, १२ : २१
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको छ । कालिमाटीतर्फबाट तीनकुने जान लागेका युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो । 

युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् । दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

balkhu jhadap (1)balkhu jhadap (2)balkhu jhadap (3)balkhu jhadap (4)balkhu jhadap (5)balkhu jhadap (6)balkhu jhadap (7)balkhu jhadap (8)balkhu jhadap (9)balkhu jhadap (10)balkhu jhadap (11)balkhu jhadap (12)balkhu jhadap (13)balkhu jhadap (14)balkhu jhadap (15)balkhu jhadap (16)balkhu jhadap (17)balkhu jhadap (1)balkhu jhadap (2)balkhu jhadap (3)balkhu jhadap (4)balkhu jhadap (5)balkhu jhadap (6)balkhu jhadap (7)balkhu jhadap (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप