आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदर्शन

दुर्गा प्रसाईंको प्रदर्शन : तनावपछि शंख बजाउँदै मुर्दावादका नारा घन्कियो

शनिबार, १२ जेठ २०८१, १२ : २०
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बिहीबार राजधानीको बल्खुमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट हुँदा दुई पक्षीय झडपको अवस्था निम्तिएको छ । सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको हो ।

हिन्दुवादी र राजवादीहरुसहितको प्रर्दशनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् भने शंख बजाउँदै हिन्दुराष्ट्रको पक्षमा नारा घन्काएका छन् । उनीहरुले प्रचण्ड नेतृत्वको सरकारका साथै एमालेविरुद्ध मुर्दावादको नारा लगाउँदै हिन्दुराष्ट्र जिन्दावादको नारा लगाएका छन् । 

प्रदर्शनका लागि प्रसाईँका समर्थकहरु बल्खुमा भेला हुने क्रम जारी छ। प्रदर्शनमा राष्ट्रिय झण्डासमेत प्रयोग गरिएको छ।

durga-prasai-andolan (2)durga-prasai-andolan (3)durga-prasai-andolan (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप