आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ कृषि कम्पनीको एक लाख चालिस हजार कित्ता  साधारण शेयरको बाँडफाँड

सोमबार, ०७ जेठ २०८१, १२ : ४४
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको एक लाख चालिस हजार कित्ता   साधारण शेयर बाँडफाँड भएको छ । 

जारी पुँजी  सत्तरी करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात रु. चौध करोड रुपैयाँ रकम बराबरको १४ लाख  कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टाएकोमा उक्त शेयर मध्येको १० प्रतिशत अर्थात एक लाख चालिस हजार कित्ता शेयर प्रति शेयर रु. सय अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि विक्री खुला गरिएको थियो । 

एक लाख चालिस हजार कित्ता शेयर खरिदका लागि ३१ हजार १९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरूको आवेदन रित पूर्वक नदेखिएकोले उक्त २ आवेदनहरूलाई अयोग्य ठहर्याइएको थियो । कूल ३१ हजार १९४ जनाको आवेदकहरूबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो । 

प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम गोला प्रथाको माध्यमबाट १४ हजार सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल १ लाख ४० हजार कित्ता धितोपत्र बाँडफाँड गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप