आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तकियाकै कारण बिरामी परिएला नि !

सोमबार, ०७ जेठ २०८१, १२ : ५९
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । तकिया निद्राको साथी हो । दिउँसो होस् या राति सुत्ने बेलामा हामी सबैलाई तकिया नभई हुन्न । अग्लो, होचो, नरम, साह्रो जस्तो सुकै होस् तकिया चाहिन्छ । तर यसले हाम्रो स्वास्थ्यलाई अनपेक्षित रूपमा प्रभावित पारिरहेको हुन्छ । 

तकिया र तपाईँको स्वास्थ्य अवस्थाबिचको सम्बन्ध तत्कालै देखिन्न । तर यसलाई कसैले अस्वीकार गर्न पनि सक्दैन । तकियाको चयनले निद्राको स्तर प्रभावित हुन्छ । अनि यसको प्रभाव रोग प्रतिरोधात्मक क्षमता, मानसिक स्वास्थ्य र समग्रमा मजबुतीलाई प्रभावित बनाउँछ ।

तकियालाई तपाईलाई सिधै बिरामी त नबनाउला, तर यसले शरीरमा असहजता बढाउँछ अनि समस्याहरू बढाउँछ । कोही देब्रे कोल्टे फर्केर सुत्छन् कोही दाहिने । कोही कोही उत्तानो वा घोप्टो परेर पनि सुत्छन् । जसरी सुते पनि टाउकोलाई सपोर्ट दिन तकिया चाहिन्छ । उपर्युक्त वा सुहाउँदो तकिया भएन भने घाँटी दुख्ने, पाखुरा दुख्ने वा निदाउने समस्या आउन सक्छ । 

उत्तानो परेर सुत्दा पनि तकिया चाहिन्छ । तर धेरै मोटो तकियामा सुत्दा मेरुदण्ड र टाउकोबिच तालमेल नमिलेर शरीरमा अप्ठ्यारो हुने, गर्धन दुख्ने जस्ता समस्या देखिन सक्छ । यसले समग्रमा तपाईँको सहजता र स्वास्थ्यलाई नै प्रभावित बनाउन सक्छ भन्छन् डाक्टरहरू ।

तकिया नमिल्दा ढुँसी जम्मा भएर एलर्जी, दम वा श्वासप्रश्वासमा समस्या आदि पनि निम्तन सक्ने बताइएको छ । रातमा राम्रोसँग ननिदाउँदा बिहान उठेदेखि नै झुम्म भइरहने, रिँगटा लाग्ने, निद्रा नपुगेर लड्ने वा घाउ चोट लाग्ने जस्ता सम्भावित स्वास्थ्य समस्याहरूबाट बच्न पनि उपर्युक्त तकिया रोज्नु पर्नेमा डाक्टरहरू जोड दिन्छन् । 

घाँटी र मेरुदन्डलाई राम्रोसँग सपोर्ट गर्ने तकिया छान्नुस् । तकियाका कारण हुन सक्ने जोखिम कम गर्न हरेक १–२ हप्तामा तकियाको खोल धुनुहोस् । अनि बेला बेलामा तकिया घाममा सुकाउनुस् । धुन मिल्ने खालको छ भने हरेक ३ देखि ६ महीनाको अन्तरालमा तकिया धोएर प्रयोग गर्न चिकित्सकहरू सुझाव दिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप