आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईंको आन्दोलन

झडपमा केही प्रदर्शनकारी घाइते

सोमबार, ०७ जेठ २०८१, १५ : २०
सोमबार, ०७ जेठ २०८१

काठमाडाैँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् । 

केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । 

भाषणपछि अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक-पटक दुई पक्षीयबिच झडप भएकको थियो। 

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप