आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मागी बिहेमा जीवनसाथी रोज्दा यस्ता गल्तीबाट बच्नुस्

सोमबार, ०७ जेठ २०८१, १५ : ३५
सोमबार, ०७ जेठ २०८१

काठमाडौं । मागी बिहेमा असल जीवनसाथी रोज्नु निकै मुस्किल काम हो । तपाईंले गर्ने एउटा गल्तीले पूरै जिन्दगीमा असर पर्छ ।

मागी बिहेमा केटा वा केटीभन्दा धेरै प्रभाव उनीहरुको परिवार वा आफन्तको हुन्छ । पहिला घर–परिवारले वर वा बधुको घर–परिवार वा हैसियत हेर्छन् । त्यसपछि बल्ल केटा वा केटीको रोजाइ के कस्तो छ भनेर सोधिन्छ ।

विवाह चाहे मागी होस् या प्रेम, असल लाइफ पार्टनर पाइयो भने जिन्दगी बदलिन्छ र जीवन सुखमय तरिकाले बिताउन सक्नु हुन्छ ।

तर सबैजना यस्तो भाग्यमानी हुन्नन् । केही मानिस सारा जीवन दुःखमा बिताउन बाध्य हुन्छन् । आजको यस लेखमा हामी मागी बिहेमा धेरैले गर्ने केही गल्तीबारे चर्चा गर्नेछौँ ।

अनुकूलतालाई बेवास्ता गर्नेः

मागी बिहेमा मानिसहरू प्रायः अनुकूलता बाहेक पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत र परिवारको आर्थिक स्थिति जस्ता अरु सबै चिजलाई प्राथमिकता दिन्छन् । यी सबै कुरा पनि हेर्नु पर्छ । तर तपाईंले भावनात्मक जीवनमा अर्को व्यक्तिसँगको अनुकूलतालाई बेवास्ता गर्नु हुन्न । यही कुरामा भविष्यमा चुनौती र समस्याको सामना गर्नु पर्ने हुन सक्छ ।

आफ्नो प्राथमिकतालाई बेवास्ता गर्नेः

प्रायः मानिसहरू परिवारको दबाबमा आएर आफ्नो प्राथमिकता र इच्छालाई बेवास्ता गर्छन् । त्यसैले जीवनसाथी छान्नु अगाडि तपाईंले परिवारका सदस्य र आफन्तलाई आफ्नो प्राथमिकता र इच्छाबारे बताइदिनुस् ताकि तपाईंका लागि योग्य वर वा वधु खोज्दा उनीहरुले यी कुरालाई ध्यानमा राखेर तपाईंलाई सुहाउँदो जीवनसाथी खोज्न सकुन् ।

हतारमा निर्णय लिनेः

कहिलेकाँही मानिसहरू एक अर्कालाई राम्ररी नबुझी हतारमा बिहेको निर्णय लिन्छन् । राम्रो घर परिवारको कुरा आएको छ भनेर केटा वा केटीलाई अभिभावक अनि आफन्तबाट बिहे गरिहाल्न चर्को दबाब आइरहन्छ । आफ्नो मागी बिहेलाई सफल बनाउन चाहनु हुन्छ भने एक अर्काको बारेमा सबै कुरा जान्नुस् । एक अर्कासँग खुलेर कुराकानी गर्नुस् अनि जीवन बिताउन सकिन्छ कि सकिँदैन भन्ने सोच विचार गरेर निर्णय लिनुस् ।

गफ  नगर्नेः

प्रायः मागी बिहेमा केटा र केटीको परिवार मिलेर बिहे पक्का गरिदिन्छन् । तर जसको बिहे हुँदैछ, उनीहरुबिच खासै कुराकानी हुन पाउँदैन । कयौँले त बिहे अघि घुलमिल र भेटघाटको धेरै अवसर नै पाउँदैनन्, चाहेको बेलामा कुराकानी वा भेटघाट गर्न त परको कुरा हो ।

कुनै पनि सम्बन्धलाई बलियो बनाउन एक अर्कालाई बुझ्न जरुरी छ । यसका लागि एक अर्कासँग समय बिताउने अनि कुराकानी गर्न जरुरी छ ।

आफैँले निर्णय नलिनेः

मागी बिहेमा प्रायः केटाकेटीले तपाईलाई मन परेको छ भने ठिकै छ भनेर बिहेको फैसला पनि आफैँले गर्दैनन्, अभिभावक वा परिवारलाई निर्णयको अधिकार दिन्छन् । पछि कुनै समस्या आइप¥यो भने सोको दोष परिवारकै टाउकोमा हालिदिन्छन् । तपाईं यस्ता समस्याबाट बच्न चाहनु हुन्छ अनि आफ्नो मागी बिहेलाई सफल बनाउन चाहनु हुन्छ भने बिहेको फैसलामा आफ्नो सहभागिता पूर्ण रुपमा जनाउनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप