आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सरकारी पहल

युद्ध विरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

सोमबार, ०७ जेठ २०८१, २३ : ०२
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । इजरायल र हमास समूहबिच युद्ध विराम भएपछि नेपालले विपिन जोशीको रिहाइ पहल थालेको छ । चार दिने युद्ध विराम कै क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।  

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ ।

उक्त समयमा अपहरणमा परेका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

सोही क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।  

परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित इजरायली राजदूत हनान गोदेरलाई भेटेर पहिलो चरणमै रिहाइका लागि पहल गरिदिन अनुरोध गरे । बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा चार दिने युद्ध विरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । जवाफमा राजदूत गोदेरले इजरायल सरकारले प्राथमिकतामा राखेको बताएका थिए ।

गत अक्टोबर ७ तारिखमा हमासले आक्रमण गरेको थियो । सोही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । जोशीलाई हमास समूहले अपहरण गरेर गाजातर्फ लगेको थियो । हालसम्मको उनको अवस्था सार्वजनिक हुन सकेको छैन । तर, इजरायली सेनाले भने गाजास्थित एक अस्पतालमा उनी सुरक्षित रहेको दाबी गरेको छ । इजरायलले चार दिनका लागि युद्ध रोकेको छ ।

मानवीय सहायताका लागि भन्दै युद्ध रोकेको इजरायलले जनाएको छ । सोही क्रममा हमास समूहले ५० जनालाई रिहा गर्नेछ ।

पहिलो चरणमा ५० जना महिला र बालबालिकालाई रिहा गर्ने हमासले जनाएको हो । सोही क्रममा जोशीलाई समेत रिहा गर्नका लागि पहल गर्न मन्त्री साउदले अनुरोध गरेका हुन् ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.70 133.30
EUR  (European Euro) 1 144.60 145.26
GBP  (UK Pound Sterling) 1 169.14 169.90
CHF  (Swiss Franc) 1 153.53 154.23
AUD  (Australian Dollar) 1 87.58 87.97
CAD  (Canadian Dollar) 1 98.68 99.13
SGD  (Singapore Dollar) 1 99.17 99.62
JPY  (Japanese Yen) 10 9.00 9.04
CNY  (Chinese Yuan) 1 18.53 18.62
SAR  (Saudi Arabian Riyal) 1 35.38 35.54
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.72 3.74
AED  (UAE Dirham) 1 36.13 36.29
MYR  (Malaysian Ringgit) 1 28.05 28.17
KRW  (South Korean Won) 100 9.95 9.99
SEK  (Swedish Kroner) 1 12.72 12.77
DKK  (Danish Kroner) 1 19.39 19.48
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 431.36 433.31
BHD  (Bahrain Dinar) 1 352.01 353.60

त्यस्तै परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा कृषि कामदार लैजाने विषयमा समेत छलफल भएको थियो । राजदूत गोदेरले इजरायलमा कृषि कामदार पठाउनका लागि अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप