आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक महिनामै ३ लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, २ अर्ब ७७ करोडको कारोबार

सोमबार, ०७ जेठ २०८१, १६ : ००
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । पछिल्लो महिना ३ लाख २६ हजार ९३० ले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा कूल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको हो । 

जबकि गत भदौ मसान्तसम्ममा यस्तो सङ्ख्या २ करोड १९ लाख ५७ हजार ६९२ रहेको थियो । समीक्षा महिनामा मोबाइल बैङ्किङमार्फत २ अर्ब ७७ करोड ८२ लाख ४० हजार रुपैयाँ ट्रान्जेक्सन (कारोबार) भएको छ । 

यस्तै, २ करोड २ लाख ७६ हजार १६१ वालेट प्रयोगकर्ताहरूमार्फत २२ करोड ७९ लाख ६० हजार रुपैयाँ कारोबार भएकोमा सोही अवधिमा १६ लाख २५ हजार इन्टरनेट प्रयोगकर्तामार्फत ११ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा अवधिमा कनेक्ट आईपीएसमार्फत ४ अर्ब ७७ करोड ९१ लाख १० हजार रुपैयाँ, आरटीजीएस प्रणालीमार्फत २७ अर्ब ५९ करोड ७९ लाख २० हजार रुपैयाँ र आईपीएसमार्फत २ अर्ब २७ करोड ७५ लाख ४० हजार रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ । 

यता डेबिट/क्रेडिट कार्डमार्फत समीक्षा अवधिमा क्रमशः १ अर्ब ११ लाख पैयाँ र १ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप