आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको मोरङ जिल्ला समिति पुनर्गठन, अध्यक्षमा राजकुमार यादव

शनिबार, १२ जेठ २०८१, १७ : १८
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेको सो पार्टीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप