आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदर्शक र निर्माताबिचको विवाद मिल्यो, शेयर बराबर बाँडफाँड हुने

शनिबार, १२ जेठ २०८१, १७ : १७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच रहेको शेयर बाँडफाँडको विवाद टुङ्गिएको छ । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकले दुवै संस्थाले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमतिमा विवादलाई निकास दिएका हुन् ।

प्रदर्शन र निर्माताले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच भएको नेपाल चलचित्र सङ्घका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए । कायस्थका अनुसार प्रदर्शकले राज्यलाई तिर्ने विकास शुल्क छुटका राज्यसँग प्रदर्शन र निर्माता दुवैले पहल गर्ने सहमति समेत भएको छ ।

केही अगाडि फिल्म ‘दिमाग खराब’ टिमले सो र ५० प्रतिशत शेयर बाँडफाँडको कुरा उठाएर हलबाट उतार्ने घोषणा गरेको थियो । त्यसपछि, चलचित्र सङ्घ र निर्माता सङ्घका प्रतिनिधिहरू पहिलो चरणको वार्ता बस्दै ‘दिमाग खराब’ को प्रदर्शनलाई निरन्तरता दिँदै वार्ता अगाडि बढाउने सहमति गरेका थिए ।

दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो । 

निर्माता सङ्घको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य रहेका थिए । चलचित्र सङ्घको तर्फबाट गठित वार्ता टोलीमा पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य थिए ।

f

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप