आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी

शनिबार, १२ जेठ २०८१, २० : १८
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् ।

मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट काटेका थिए । उनले उक्त टिकट बराबर १ करोड ९९ लाख ८२ हजार ९८४ रुपैयाँ यात्रीहरूबाट लिई जियोल्याण्ड ट्राभल्सलाई ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।

प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सुवेदीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप