आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हास्य कलाकार महादेव त्रिपाठले अमेरिकामा दिए १२५ वटा प्रस्तुति

आइतबार, १३ जेठ २०८१, ०७ : २०
आइतबार, १३ जेठ २०८१

विजय थापा । नेपालका चर्चित हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले अमेरिकामा बस्दै गर्दा नेपाली,बंगाली र भारतीय कलाकारसँग १ बर्षमा कम्तिमा १२५ वटा प्रस्तुति दिन सफल भएका छन् । उनले अत्यधिक रुपमा नेपाली समुदायलाई मुख्य केन्द्र बिन्दु बनाएता पनि उनि अन्य समुदायमा पनि  त्यतिकै चर्चामा रहेका छन् ।

न्यूयोर्कमा बसोबास गर्दै आएका त्रिपाठीले अमेरिकाका बिभिन्न राज्यहरुमा हुने नेपालीहरुको बिभिन्न कार्यक्रममा समय व्यवस्थापन गर्दै आफ्नो प्रतिभा प्रस्फुटन गर्दै नेपाली समुदायलाई अधिक मनोरंजन प्रदान गर्दै आएका छन् । अमेरिकामा आएका नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै उनि पनि त्यसमा सहभागी भै आफ्नो प्रस्तुति देखाउन कहिले पछि हट्दैनन् । उनले यसरी दर्जनौ दर्जन प्रस्तुति दिएका छन् ।

अमेरिकामा जहाँ जहाँ उनले प्रस्तुति गरे त्यहाँ नेपाली समुदायले उनको प्रस्तुतिको मुक्त कण्ठ प्रशंसा गरेका छन्  । त्रिपाठी बहु प्रतिभाशाली कलाकार हुन् । उनको जादु प्रस्तुतिको साथै बिबिध विधामा उनको  धमाकेदार प्रस्तुतिले यत्र तत्र सर्वत्र चर्चा पाएको छ ।

उनले हसाउने मात्र हैन आफ्नो प्रस्तुति मार्फत दर्शकलाई भावुक समेत बनाएका छन् । उनले देश प्रेम र राष्ट्रभक्तिको प्रस्तुतिमा विदेशमा बसोबास गर्ने नेपाली समुदायको परदेशको भोगाई ,अनुभव र मातृभूमिको माया प्रेम सम्बन्धि  मन छुने प्रकारले प्रस्तुति गर्दा दर्शकहरु भावबिभोर हुने गर्छन ।

साथै उनले अनेक मंचहरुमा दर्शकहरुलाई पेट मिची मिची हास्ने समेत बनाई उनलाई मुक्त कण्ठले प्रशंसा गर्ने हजारौ नेपाली समुदायहरु अमेरिकामा रहेका छन् । उनले नेपाली समुदाय बाहेक भारतीय तथा बंगाली समुदायमा समेत प्रस्तुत गर्न समय निकाल्ने गरेका छन् ।

त्रिपाठीको जन्मथलो सिन्धुपाल्चोकका हुन् भने कर्मथलो चोभार काठमाडौँ हो । उनले अहिले सम्म ४५ वटा नेपाली चलचित्रमा अभिनय गरेका छन् । आफै चलचित्र जादुगर र जोकर निर्माण समेत गरेका छन् । उनि सन् २०२२ नोभेम्बर २३ मा अमेरिका आएका हुन् । १ बर्ष भित्र उनि अमेरिकाका २८ वटा राज्यहरु घुमी सकेका छन् । उनि कार्यक्रमको शिलशिलामा अमेरिका आएका हुन् ।

उनले अमेरिका आएका कलाकारहरु मेलिना राई ,सुगम पोख्रेल ,अस्मिता अधिकारी,कृष्ण काफ्ले  लगायत थुप्रै कलाकारहरु संग प्रस्तुति दिई सकेका छन् । साथै अहिले अमेरिकाको भ्रमणमा रहेका इन्द्रेणीका चर्चित कलाकार कृष्ण कंडेलसंग आगामी नोभेम्बर २५ मा हुने कार्यक्रममा समेत उनको प्रस्तुति रहेको छ । अब छिट्टै मातृभूमि फर्कने क्रममा रहेको उनले  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप