आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राँगाको आक्रमणबाट वृद्धको मृत्यु, १ दर्जन बढी घाइते

आइतबार, १३ जेठ २०८१, १० : ०९
आइतबार, १३ जेठ २०८१

रौतहट । रौतहटको कटहरिया नगरपालिका ९  डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। 

आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर  १ दर्जन भन्दा बढी मानिस  घाइते भएका छन् । स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् । 

अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा  अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप