आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ

आइतबार, १३ जेठ २०८१, १० : १५
आइतबार, १३ जेठ २०८१

जनकपुरधाम । महोत्तरीमा स्रोत नखुलेको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल पोखरभिण्डाबाट खटेको प्रहरी टोलीले आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ  परेका हुन् । 

प्रहरीले महोत्तरी सम्सी गाउँपालिका ३ का वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद रकमसहित पक्राउ गरिएको दुबैजनालाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप