आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आन्दोलन

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी  पक्राउ

आइतबार, १३ जेठ २०८१, १० : ३४
आइतबार, १३ जेठ २०८१

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । 

सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप