आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेड वाइन खाँदा टाउको किन दुख्छ ?

बिहीबार, १३ वैशाख २०८१, १२ : ०६
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । केही मानिसलाई रेड वाइन खाने बित्तिकै टाउको दुख्न थाल्छ । हालै भएको एउटा अनुसन्धान रेड वाइन र टाउको दुखाइबिचको सम्बन्ध बुझ्ने नजिक नजिक पुगेको छ । 

रेड वाइनमा प्राकृतिक रूपमा हुने फ्लाभोनोलले रक्सीलाई मेटाबोलाइज गर्न सक्ने शरीरको क्षमतामा खलल पुर्‍याउने भएकोले टक्सिन जम्मा भएर बस्ने अनि रेड वाइन खाने बित्तिकै टाउको दुख्न थाल्ने सोमबार साइन्टिफिक रिपोर्ट्स जर्नलमा सोमबार प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ । 

अङ्गुर, बेरी, प्याज र ब्रोकाउली लगायत तरकारी र फलफूलमा क्वेरसटिन फ्लाभोनोल हुन्छ । रक्त नलीमा क्वेरसटिन पुगेपछि शरीरलाई यसलाई क्वेरसटिन ग्लुकुरोनाइडमा परिणत गर्छ । यसले अल्कोहलको मेटाबोलिज्म रोकिदिन्छ । वाइनको तुलनामा रेड वाइनमा फेनोलिक यौगिक विशेषगरी फ्लाभोनोइड्सको मात्रा १० गुणा धेरै हुन्छ । त्यसैले अरू रक्सीजन्य पेय खाँदा केही नहुनेहरूलाई एक वा दुई ग्लास रेड वाइन खाएपछि नै टाउको दुख्न थाल्ने कारण पनि यही हो ।

तर केहीले भने यो अध्ययनलाई प्रमाण भन्दा पनि सैद्धान्तिक प्रस्तावको रूपमा राख्न भनेका छन् । अध्ययन प्रयोगशालामा अर्थात् मानव शरीरबाहिर भएको हो । तर यसलाई पुष्टि गर्न मानवमै अध्ययन गर्नु पर्ने केही विज्ञहरू बताउँछन् । यस अध्ययनका लेखकहरूले आफ्नो प्राक्कल्पनालाई सानो क्लिनिकल ट्रायलमा परीक्षण गर्ने योजना बनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप