आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेनुका पौडेलको पाउ छुँदै रणवीरले मागे आशीर्वाद, भने, ‘गायनकी देवी नम्बर २’

बिहीबार, १३ वैशाख २०८१, १३ : ४३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको मञ्चमा फिल्म ‘एनिमल’ प्रचारका लागि पुगेका कपुरले उनको गायकीबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् ।

कार्यक्रममा प्रस्तुतिको क्रममा मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएकी थिइन् । उक्त गीत सुनेपछि मन्त्रमुग्ध हुँदै रणवीरले प्रशंसा गर्दै उनको पाउ छुँदै आशीर्वाद समेत मागे ।

‘मेनुका जी मेरो नाम रणवीर हो । म तपाईसँग आशीर्वाद लिन चाहन्छु’ उनले भने, ‘श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’

कार्यक्रममा रणवीरसँग अभिनेत्री रश्मिका मन्दाना पनि सहभागी थिइन् । कार्यक्रममा रणवीरसँगै स्टेजमै चढेर रश्मिकाले पनि सम्मान दर्साएकी थिइन् । उक्त अवसरमा  रणवीरले मेनुकाको लागि भोट पनि मागेका थिए ।

मेनुकाले इन्डियन आइडलका कारण पछिल्लो समय चर्चामा छिन् । यस अगाडि निर्देशक महेश भट्टले पनि उनको प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप