आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी आईपीएलमा आन्द्रे रसेलमाथि चेन्नइ, राजस्थान र सनराइजर्स हैदराबादको आँखा

बिहीबार, १३ वैशाख २०८१, १४ : ३४
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर हुन्, आन्द्रे रसेल । ३५ वर्षीय रसेल अलराउन्डर खेलाडी हुन् । रसेलले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दै आएका छन् । उनी सन् २०१४ मा कोलकातामा आबद्ध भएका थिए । 

आफू आबद्ध भएको पहिलो सिजनमै उनले कोलकातालाई आईपीएलको उपाधि पनि चुमाएका थिए । त्यसयता पनि उनले टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन् २०२१ मा पनि कोलकाता आईपीएलको फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा कोलकातालाई चेन्नइ सुपर किङ्सले २७ रनले हराएको थियो ।

सन् २०२४ मा आयोजना हुने आईपीएलमा भने कोलकाताले रसेललाई अन्य क्लबमा जान स्वतन्त्र छाडिदिने भएको छ । रसेल कोलकाताबाट स्वतन्त्र हुने समाचार बाहिरिएसँगै आईपीएलका विभिन्न क्लबले उनीमाथि आँखा लगाउन थालेको छ । 
 
खासगरी चेन्नइ सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद रसेललाई भित्राउन इच्छुक देखिएका छन् । आईपीएलमा रसेलको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । उनले आईपीएलमा दुई हजार दुई सय ६२ रन बनाएका छन् । यसका अतिरिक्त एक सय १२ खेलमा उनले ९६ विकेट पनि लिएका छन् ।

आगामी सिजनको आईपीएलमा इङ्ल्यान्डका प्रभावशाली अलराउन्डर बेन स्टोक्स अनुपस्थित रहने भएका छन् । लगातारको प्रतियोगिताका कारण थकित भएकाले उनले आगामी आईपीएल नखेल्ने निणर्य लिएका हुन् । त्यसैले पछिल्लो समय चेन्नइ सुपर किङ्स स्टोक्सको उपयुक्त विकल्पको खोजीमा छ । चेन्नइका लागि बेन स्टोेक्सको उपयुक्त विकल्प बन्न सक्छन्, रसेल । 

यसैगरी सन् २०२२ को उपविजेता राजस्थान रोयल्सले पनि रसेललाई भित्राउने योजना बनाइरहेको समाचारमा जनाइएको छ । कोलकाताबाट ‘रिलिज’ भएर अक्सनमा आएमा राजस्थानले रसेलका लागि ठूलो रकम खर्च सक्ने सम्भावना रहेको छ । यसका अतिरिक्त सनराइजर्स हैदराबादले पनि वेस्ट इन्डिजका यी अलराउन्डर खेलाडीलाई भित्राउन चासो देखाएको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप