आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्क्रिन शेयर गर्दैछन् रणवीर र प्रभास ?

बिहीबार, १३ वैशाख २०८१, १५ : ४१
बिहीबार, १३ वैशाख २०८१

नयाँ दिल्ली । रणवीर कपुरको फिल्म एनिमल आगामी महिना रिलिज हुँदैछ । यो फिल्मको टे«लरले दर्शकहरुको राम्रो रेस्पोन्स पाइरहेको छ । 

फिल्ममा उनको अभिनयले पनि राम्रो चर्चा बटुलिरहेको छ । यसैबिच रणवीरबारे नयाँ खबर भाइरल भइरहेको छ । उनले दक्षिण भारतीय सुपरस्टार प्रभाससँग स्क्रिन शेयर गर्न सक्छन् ।

हालै एनिमलको टे«लर लञ्चमा निर्देशक संदिप रेड्डी वांगालाई  सोधिएको प्रश्नको उत्तरले यसको अपेक्षा बढाएको हो । लञ्च कार्यक्रममा वांगाको साथमा रणवीर कपुर, रश्मिका मन्दना र बबी देओल पनि थिए । सोही अवसरमा वांगालाई स्पाईभर्स र कपभर्स बलिउडमा नयाँ चलन बनेको भन्दै आगामी दिनमा रणवीर कपुरको एनिमल र प्रभासको स्पिरिट एकै साथमा आउन सक्छ भनेर सोधिएको थियो । यसको उत्तरमा निर्देशकले अहिले  यसबारे केही नसोचेको, तर यस्तो केही भयो भने भन्छु भन्ने उत्तर दिएका थिए ।

एनिमलका निर्देशक वांगाले नै प्रभासको स्पिरिटको पनि निर्देशन गरिरहेका छन् । यो फिल्ममा प्रभास एक प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् । वांगाको कुराले अहिले नै रणवीर र प्रभास एउटै पर्दामा ल्याउने तयारी नभएको स्पष्ट छ । तर भविष्यमा दुबैलाई एउटै पर्दामा देखिने सम्भावना भने छ । एनिमल बनाउन तीन वर्षभन्दा बढी समय लागेको वांगाले हालै मात्रै खुलासा गरेका थिए । एनिमलमा रणवीरको भूमिकाको उनले खुलेर तारिफ पनि गरेका थिए । उनले रणवीरलाई कमल हसन र हलिउड स्टार अल पचिनो र रोबर्ट डी नीरोसँग गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप