आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा एकजना युवकको शव फेला

बिहीबार, १३ वैशाख २०८१, १६ : ०७
बिहीबार, १३ वैशाख २०८१

रौतहट । रौतहटमा एक युवकको शव फेला परेको छ। गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाँझ खोलाको निर्माणाधिन पुलको पूर्वी पिलरको रिङमा बेवारिसे अवस्थामा शुक्रवार पहिचान खुल्न नसकेका ती युवकको शव फेला परेको हो ।

यमुनामाई  ४ र दुर्गा भगवती गाउँपालिका ५ को सीमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिङभित्र अन्दाजी २४–२५ बर्षको युवकको शव विहान स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गौरबाट घटनास्थल पुगेका अनुसन्धान अधिकृत इन्सपेक्टर उमाशंकर गुप्ताले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप