आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

सोमबार, १४ जेठ २०८१, ०५ : ३७
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कर्णाली प्रदेशको  भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम हालको अवस्था भन्दा १.५ देखि २ डिग्रीले घट्ने सम्भावना रहेको छ । 

आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप