आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग फुटबल : आज पोखराले चितवन र लुम्बिनीले ललितपुरको सामना गर्ने

सोमबार, १४ जेठ २०८१, ०६ : १६
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन् । 

आगामी पुस १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । जसमा काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।

त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची प्रतियोगितामा सहभागी छन् । सबै टोलीले लिग चरणमा एक आपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ । 

यसअघि हिजो भएको उद्घाटन खेलमा साबिक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई  १–० गोल अन्तरले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप