आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गजल

शाषण र प्रणालीको पुनः विचरण हुँदै छ

सोमबार, १४ जेठ २०८१, ११ : ०२
सोमबार, १४ जेठ २०८१

रावणको उदयसँगै सीताको हरण हुँदै छ 
शाषण र प्रणालीको पुनः विचरण हुँदै छ

राक्षसहरू उदाउँछन् क्षय गर्छन् बेलाबेला 
कृष्णको भेषमा असुरको आवरण हुँदै छ 

मान्ने– विद्वता  हो, बुद्धिमत्ता हो, ज्ञान हो 
मूर्खहरूको किन सबैबाट अनुसरण हुँदैछ ? 

बनाउनेहरूको हात काटिँदा भत्काउने महान 
यस्तै यस्तै अद्भुत विषयको व्याकरण हुँदै छ

म जान्दिनँ देशमा छु कि विदेशमा छु भन्नुस्–
शासक उतैका यता रिमोटको संस्मरण हुँदै छ ।

हेलम्बु–६, सिन्धुपाल्चोक
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप