आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

प्रतीक्षा

सोमबार, १४ जेठ २०८१, ११ : ११

यी परेली त्यसै भिजेका हैनन्
भिजेका हुन् तिम्रै पर्खाइमा
बगर भिजे जस्तै 
यी परेली भिजेका हुन् 

भीरमा फुलेको फूल जस्तो 
परैबाटको हेराइमा 
नयन जुधे जस्तै
यी नजर जुधेका हुन् 

एक सपना जस्तो
प्राप्तिको पर्खाइमा 
प्रहर बिते जस्तै
यी दिन बितेका हुन् 

एक मदिरा जस्तो
लट्ठ तिम्रो जवानीमा 
यौवन झुमे जस्तै
मेरा लहर झुलेका हुन्

रोमाञ्चक यात्रा जस्तो
प्रेमको रमानामा
पाइला चाले जस्तै
प्याररूपी पाइला चलेका हुन् 

रातपछिको उज्यालो जस्तो
तिम्रो प्रतीक्षामा
घामको झुल्काइ जस्तै,
आशाका किरण जागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हिक्मतकुमार बुढाक्षेत्री
हिक्मतकुमार बुढाक्षेत्री
लेखकबाट थप