आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोनाकोलाई हराउँदै शीर्ष स्थानमा पीएसजीको अग्रता

सोमबार, १४ जेठ २०८१, ११ : ४२
सोमबार, १४ जेठ २०८१

पेरिस । सात गोलको रोमाञ्चक खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी ५–२ गोलले विजयी बनेको हो ।

खेलको १८ औँ मिनेटमा घरेलु टोली पीएसजीले गोन्कालो रामोशको गोलमा अग्रता लिएको थियो । तर, ४ मिनेटपछि गोलकिपर जियानलुइजी डोनारुमाको गल्तीको फाइदा उठाउँदै टाकुमी मिनामिनोले खेल बराबरी गरे । ३९ औँ मिनेटमा किलियान एम्बाप्पेले ३९ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफको ७० औँ मिनेटमा ओसमान डेम्बेलेले टोलीका लागि तेस्रो गोल थपे भने दुई मिनेटपछि भिटिन्हाले चौथो गोल गरे । ७५ औँ मिनेटमा फोलारिन बालोगुनले मोनाकोका लागि  दोस्रो गोल फर्काए पनि इन्जुरी समयमा रान्डाल कोलोले पीएसजीका लागि अर्को गोल गर्दै फराकिलो जीत दिलाए ।

१३ खेलपछि पीएसजीको ३० अङ्क रहेको छ । मोनाको भने २४ अङ्कसहित तेस्रो स्थानमा छ । अब पीएसजीले च्याम्पियन्स लिगमा न्युक्यासलको सामना गर्दैछ । टोली यसअघि न्युक्यासलको घरेलु मैदानमा ४–१ गोलले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप