आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा भएको झडपको विषयमा फिफाद्वारा अनुसन्धान सुरु

बिहीबार, २० वैशाख २०८१, १२ : २५
बिहीबार, २० वैशाख २०८१

रियो दि जनेरियो । विश्वकप छनोट खेल अन्तरगत ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा दर्शकदीर्घामा भएको झडपको विषयमा फिफाले अनुशासनसम्बन्धी अनुसन्धान सुरु गरेको छ । माकाराना स्टेडियममा झडप हुँदा खेल ३० मिनेटसम्म रोकिएको थियो ।

ब्राजिलका प्रहरीले समर्थकहरूमाथि लाठीचार्ज गरेका थिए । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले खेलपछि घटनामा ठुलो त्रासदी टरेको बताएका थिए ।

दुवै देशका फुटबल संघले कारबाही भोग्न सक्ने बताइएको छ । मंगलबारको खेलमा राष्ट्रिय गान गाउने क्रममा विवाद सुरु भएको थियो ।

दुवै टोलीका खेलाडीहरू विवाद भएको स्थानमा पुगेर समर्थकहरूलाई शान्त बनाउने प्रयास गरेका थिए । खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । 

फिफाको डिसिप्लिनरी कमिटीले ब्राजिलियन फुटबल एसोसिएसन (सीएफबी) र अर्जेन्टिनी फुटबल एसोसिएसन (एफए) माथि अनुसन्धान सुरु गरिएको जानकारी दिइएको छ । ब्राजिलमाथि खेलमा सुरक्षा प्रदान गर्ने विषयमा अनुसन्धान हुँदैछ भने अर्जेन्टिनामाथि दर्शकको हुलदङ्गा र खेलमा ढिलाइ गरेको विषयमा अनुसन्धान भइरहेको छ । यस्तो विषयमा जरिवानादेखि खाली स्टेडियममा खेल खेलाउनुपर्नेसम्मको कारबाही हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप