आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा ९ प्रतिभालाई सम्मान

बिहीबार, १४ मङ्सिर २०८०, १५ : ४१
बिहीबार, १४ मङ्सिर २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा नौ प्रतिभालाई सम्मान गरिएको छ । बनेपास्थित शब्दयात्रा प्रकाशनले चार जनालाई विद्वतवृत्ति, तीन जनालाई कदरपत्र र दुई जनालाई छात्रवृत्तिले सम्मान गरेको हो । 

शब्दयात्रा–सुभास खड्का अनुसन्धान विद्वतवृत्ति सम्मान कवि कालिका त्रिपाठी पन्त, शब्दयात्रा–राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति सम्मान उद्धवप्रसाद नेपाल, शब्दयात्रा–प्रा केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति अमृका ताम्राकार र शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति पाउनेमा समीर आचार्य रहेका छन् ।

उनीहरुलाई विश्वहिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्य र विश्वकीर्तिमानी महिला डा.सरिशा श्रेष्ठले सम्मान एवं छात्रवृत्ति प्रदान गरेका हुन् ।

यस्तै शब्दयात्रा–हरिगोपाल प्रधान कदरपत्रबाट सञ्चारकर्मीत्रय शङ्कर अधिकारी, सुनिता सापकोटा र भुवन भोछिभोया सम्मानित भए । साथै विपासना शाक्य र अनुग्रह प्रजापतिलाई शब्दयात्रा–द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति र शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति प्रदान गरिएको शब्दयात्राको संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । 

यसैबीच साहित्यकार एवं संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुद्वारा लिखित पनौतीका केही जात्रापर्व–दोस्रो संस्करण लोकार्पण गरिएको छ । पुस्तकमा पनौती नगरपालिकाभित्र प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वका बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्राहरु, पनौतीका केही उल्लेखनीय पर्वहरु, पनौतीका प्रचलित केही उल्लेखनीय नाचहरु र हाल प्रचलनमा नरहेका केही जात्रापर्व गरी पाँच खण्डमा विभाजन गरिएको छ । 

पुस्तकमा धेरै विषय सेमेट्ने प्रयास गरिएको उल्लेख गर्दै लेखक लाकोजुले समावेश गर्न नसकिएका जात्रा पर्व क्रमशः तेस्रो संस्करणमार्फत प्रकाशनमा ल्याइने बताए । स्थानीय जात्रापर्वलाई अक्षरबद्ध गर्नसके भाविपुस्ताका लागिसमेत उपयोगी हुने विश्वासका साथ पुस्तक तयार पारिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप